बलात्कार आरोपले सन्दीपलाई क्रिकेट खेल्न समस्या छैन्

२३ भदौ , काठमाण्डौ ।

Advertisement

नाबालिक बलात्कारको अरोपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । अब जुनसुकै बेला पनि लामिछाने पक्राउ पर्न सक्छन् । तर सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन् ।

लामिछानेले आफूमाथि लागेको आरोपबारे जमैका तलवाज क्लबलाई पनि जानकारी भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) सँग कुरा गर्दै उनले आफूमाथि लागेको बलात्कार आरोपबारे आफ्नो क्लबलाई जानकारी भइसकेको र खेल्न समस्या नरहेको बताएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् ।

Advertisement

उनले क्यानसँग कानुनी उपचारका लागि आवश्यक सहयोगसमेत माग गरेका छन् । क्यानले सकरात्मक जवाफ दिएको छ । यता लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने चासो देखाएको छ ।

‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव प्रशान्त विक्रम मल्लले भनेका छन्, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’

Advertisement

उनका अनुसार क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भनेका छन्, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लय र खोज्न सहजीकरण गरिदिन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top