अनधिकृत संरचना हटाउन तिलोत्तमा नगरपालिकाको १५ दिने अल्टिमेटम

२३ भदौ ७९, शुक्रबार

२४ भदौ , काठमाडौं ।

Advertisement

काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक तथा फुटपाथ अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन सुरू गरेपछि रूपन्देहिको तिलोत्तमा नगरपालिकाले पनि सडक तथा सार्वजनिक ठाउँमा निर्माण गरिएका अवैध संरचना हटाउन निर्देशन दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै आगामी असोज ५ गते भित्र अवैध संरचना र सामग्री हटाउन नगरबासीमा आह्वान गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले हस्ताक्षर गरि जारी गरिएको सूचनामा असोज ५ गतेभित्र सार्वजनिक स्थल, सडक तथा फुटपाथमा गरिएको अतिक्रमण नहटाए कानुन अनुरुप नगरपालिका आफैंले हटाउने उल्लेख गरिएको छ।

Advertisement

‘तिलोत्तमा नगरपालिका भित्रका सार्वजनिक स्थल, सडक तथा फुटपाथहरुमा अनधिकृत संरचना निर्माण गरेको र सामग्रीहरु राख्ने गरेको पाइएकोले नियम विपरित निर्माण गरिएका छाप्रा तथा टहरा, फुटपाथमा राखिएका सामग्रीहरु र सडक किनार तथा फुटपाथमा रहेका निर्माण सामग्रीहरु २०७१ साल असोज ५ गते भित्रमा हटाई व्यवस्थित नगर बनाउने अभियानमा सहयोग गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा अघि लेखिएको छ, ‘तोकिएको समयमा टहरा तथा सामग्रीहरु नहटाइएको पाइएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा अनुरोध छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top