सोमबार नेप्सेमा १३.५९ अंकको गिरावट

२७ भदौ, काठमाडौं ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३।५९ अंक ९०।७१ प्रतिशत० ले गिरावट भएर १९१२।६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो ।

नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ । सामूहिक लगानी कोष उपसूचक भने ०।१२ प्रतिशकतले वृद्धि भएको छ । नेप्सेमा गिरावट हुँदा सोमबार आइतबारको भन्दा कारोबार रकम भने केही बढेको छ । आइतबार ७५ करोड पनि नपुगेको कारोबार रकम सोमबार सामान्य वृद्धि भएको हो ।

Advertisement

सोमबार धितोपत्र बजारमा २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख ४ हजारको कारोबार भएको छ ।सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख ५५ हजारको सेयर किनबेच भएको छ ।

त्यस्तै रिडी हाइड्रोपावरको २ करोड ७९ लाख ५९ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख ७१ हजारको कारोबार भएको छ ।सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

Advertisement

त्यस्तै २८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ४।१७ प्रतिशतले वृद्धि हुँदा १० प्रतिशत ब्याजदरको सनराइज डिवेञ्चर २०८० को मूल्य २ प्रतिशत र बोटलर्स नेपाल तराइको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

यता साढे १० प्रतिशत ब्याजदरको नेपाल इन्भेष्मेन्ट बैंक ऋणपत्र २०८२ को मूल्य ९।५८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ५।५७ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४।१५ प्रतिशतले गिरावट भएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top