एमाले संस्कृति विभाग सदस्यमा अभिनेत्री करिश्मा मानन्धर मनोनित

२९ भदौ ७९, बुधबार
Share this
739shares

२९ भदौ ,काठमाडौं।

Advertisement

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् ।गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

 

Advertisement

‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनले भनिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top