३१ भदौ,एजेन्सी ।
देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफरमा निम्न वर्गलाई लक्षित गरेर १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको छ । यसका साथै आइपीटिभी मासिक १५० मा उपलब्ध गराईनेछ । यसको साथमा ग्राहकले भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टिभीपनि न्यून मूल्यमा पाउनेछन् ।
Videocon Smart TV मा Frameless Design, 180° viewing angle, 1GB RAM र 8GB ROM का साथमा एक वर्षको ग्यारेन्टी रहनेछ । यस बाहेक HDMI, WIFI÷ Ethernet, USB का लागि ३ वटा पोर्ट हुनेछन् र Android version 9.0 रहनेछ भने 20W को speaker table stand & Wall mount पनि ग्राहकले पाउनेछन् । Display – 1920*1080 _ / Panel Rating DLED A± Panel Dot Free रहेको क्लासिकटकले जनाएको छ ।
32 इन्चको LED TV को मूल्य मात्र १३ हजार २७३ पर्नेछ भने 43 इन्चको Smart TV को मुल्य मात्र २५ हजार ६सय ६३ पर्नेछ । यो सुविधामा कम्पनीका केही सर्तहरु भने लागू हुने क्लासिकटेकले जनाएको छ । ग्राहकहरुले बजारको मूल्य भन्दा ५०% सम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने कम्पनीको दाबी छ । साथै बुकिंगहरु धमाधम सुरु भइसके भन्दै कम्पनीले थप जानकारीका लागि @classic.com.np मा भिजिट गर्न सकिने बताएको छ ।