डेंगु संक्रमितका लागि १०२ बाट निःशुल्क एम्बुलेन्स सेवा

३१ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन शाहले सेवा सुरु गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।

‘डेंगु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौं। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’ जुन एम्बुलेन्स सेवालाई केही वर्षदेखि काठमाडौं महानगरहले आर्थिक सहयोग गरिरहेको छ भने पछिल्ला वर्षमा स्वास्थ्य मन्त्रालय समेत जोडिएको छ।

१०२ अप्ठ्यारोमा एम्बुलेन्स सेवा प्रयोग गर्नका लागि परिचित नम्बर हो। उक्त नम्बरमा डायल गरेपछि नेपाल एम्बुलेन्स सेवाको कल सेन्टरमा फोन जान्छ। डायलकर्ताको नजिकै उपलब्ध आफ्नो सम्पर्कमा रहेको एम्बुलेन्सलाई बिरामीको पहुँचमा ल्याएर निःशुल्क अस्पतालसम्म पु¥याउने प्रबन्ध मिलाइदिन्छ। १०२ को सुरु २०६६ भदौ ३१ गते दर्ता भएको हो। राजेद्र डंगाल नेपाल एम्बुलेन्स सेवाको संस्थापक हुन्। डंगोलसहित ११ जनाको समूहले यसको स्थापना गरेको थियो।

Advertisement

नेपाल एम्बुलेन्स सेवा नाफारहित सामाजिक संस्था हो। २०६६ मंसिर १५ गते समाज कल्याण परिसद्सँग आवद्ध भएको छ। आपतकालमा उद्धार गर्ने यस सामाजिक कार्य संयुक्त राज्य अमेरिकास्थित स्टान्फोर्ड युनिभसिर्टी स्कुल अफ इमर्जेन्सी मेडिसन अमेरिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको संयुक्त पहलमा सुरु भएको हो। सुरुमा यसले बिरामीबाट ५ सय रुपैयाँ शुल्क लिने गरेको थियो। आकास्मिक स्वास्थ्य विज्ञहरुबाट आकस्मिकक सेवासहित यसलाई सञ्चालन गरिएको छ।

एम्बुलेन्स सेवामा रहनेहरुलाई विषयगत शिक्षा र तालिम प्रदान गरिएको थियो। ‘इमर्जेन्सी मेडिकल टेक्निसियन सहित सेवा थालिएको हो। जसले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाएको छ। सेवालाई प्रभावकारी बनाउन नीतिले छेकेपछि त्यसलाई परिवर्तन गर्न समेत संस्था आफैं अघि सर्नुप¥यो। २०६९ वैशाख ५ गतेबाट ५ वटा एम्बुलेन्सहरु प्रयोगमा आए। माघ २०७३ मा १० वटा एम्बुलेन्सबाट सेवा दिइएको थियो। नेपाल टेलिकमको सहयोगमा इमर्जेन्सी नम्बर १०२ यो संस्थाले प्राप्त गरेको छ।

Advertisement

बिरामी, घाइते वा उसका आफन्त तथा निकटस्थहरुले १०२ फोन गरेपछि केन्द्रकृत समन्वय शाखाले नजिकको तथा पायक पर्ने एम्बुलेन्स पठाउँछ। एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीले आकस्मिक उपचार सेवा दिँदै अस्पतालसम्म पठाउने गर्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top