‘प्रेमगीत–३’ कै कारण कलाकार बीच वाकयुद्ध

४ असोज, काठमाण्डौ ।

पहिलो पटक अन्तराष्ट्रिय स्तरमा चर्चा बटुलेको नेपाली चलचित्र ‘प्रेमगीत–३’ यतिबेला नेपालमा भने विवादमा फसकेको छ । चलचित्रको प्रर्दशनीको समयमा चलचित्र विकास बोर्डले यो चलचित्रलाई विदेशी चलचित्रको वर्गमा राखेर थप १५ प्रतिशत कर लगाएको र रातिको समयमा चलचित्र प्रर्दशनमा रोक लगाएको भन्दै चलचित्र निमार्ण पक्ष विकास बोर्डविरुद्ध असन्तुष्ट बनेको छ ।

यही विवादकै चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले विकास बोर्डका अध्यक्ष भुवन केसीको सार्वजनिक कार्यक्रममै राजीनामा मागेपछि झन यो विवादले उग्र रुप लिएको छ । पछिल्लो समय ‘प्रेमगीत–३’का निर्माता सन्तोष सेनले पुराना अभिनेता सरोज खनालमाथि कठोर टिप्पणी गरेपछि हास्यकालकार तथा अभिनेता दीपकराज गिरीले आपत्ति जनाएका छन् । उनले आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिएका छन् ।

Advertisement

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दीपकराजले आफ्नो आक्रोश पोखेका हुन् । उनले भनेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ‘ यो लिष्ट निक्कै लामो हुँदैछ दिनप्रति‘ । सबैलाई गाली गरेरै फिÞल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के ग¥या यो ?’ गिरीले थप लेखेका छन्, ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफूमात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ?’ उनले हिन्दी भाषाको ‘प्रेमगीत ३’ मा नियमानुसार कर तिर्न सुझाएका छन् । बरु नेपाली भाषाको फिल्ममा अतिरिक्त छुट माग्न उनको सुझाव छ । यति लेखेपछि ‘बाइकट अनमोल’ मा आफ्नो नाम पनि थप्न उनको चुनौती छ । ‘निर्देशनअनुसार गालीगलौच पनि गरौला पक्कै पनि । तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसेँ मैले चाहि सकिन माफ पाउँ ?’ उनले भनेका छन् । उनी थप्छन् ‘हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी १ तपाईँको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईँको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ ! फाइदा नै छ ! सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौँ ! होइन भने एकले अर्कोलाई नसकौँ ! निर्माता सेनले सामाजिक सञ्जालमार्फत अभिनेता खनालमाथि कटाक्ष गरेका थिए । खनालले नेपाली कलाकार अमेरिकामा लुक्नुपर्छ भन्ने बानी बसालेको भन्दै सेन खनालमाथि खनिएका छन् । उनी लेख्छन्, ‘एउटा रजतपटमा तपाईं मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिंदै हिंड्नुपर्छ र ? प्रेमगीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिले भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन भनेको तपाईंकै निर्देशकको भनाइ हो ।’ उनी अगाडि लेख्छन्, ‘अलि सुन्दा लाज हुने अभिव्यक्ति दिंदै नहिंड्नु होला स्वयं प्रदीपलाई समेत यो कुरा सुन्दा लाज भयो होला । तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने थिति बसालिदिनुभयो । आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन् ।’ यसअघि अभिनेता खनालले भने भुवन केसीको राजीनामा माग्ने प्रदीपको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top