Nepal Times
Nepal Times
3
Shares

बंगलादेशविरुद्ध खेल्ने राष्ट्रिय टोलीमा को –को परे ?, नवयुग र भरत खवास टिम बाहिर

बंगलादेशविरुद्ध खेल्ने राष्ट्रिय टोलीमा को –को परे ?, नवयुग र भरत खवास टिम बाहिर

६ असोज,एजेन्सी ।
बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलको लागि राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । सो प्रतियोगिताका लागि दुई नयाँ खेलाडी समेट्दै नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

हुमगाईंले टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीलाई समेट्दा अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास, सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल तथा यसअघि टिममा स्थान बनाएका आयुष घलानलाई टोलीमा सहभागी गराइएको छैन ।

प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिएका छन् । टिममा गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु समेटिएका छन् ।

हुमागाईले चोटको समस्या रहेको बताउँदै ४ गोलरक्षक टोलीमा राखेको बताए । यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल रहेका छन् ।

यस्तै मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट समेटिएका छन् ।भने फरवार्डमा विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी रहेका छन् ।

टोलीमा युगलकिशोर राई सहायक प्रशिक्षक तथा विनोद डंगोल गोलरक्षक प्रशिक्षक छन् । व्यवस्थापकमा अनिल श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.