Nepal Times
Nepal Times
3
Shares

इंग्ल्यान्डसँग पाकिस्तान पराजित,ब्रुकको हेलमेटमा बलअड्कियो

इंग्ल्यान्डसँग पाकिस्तान पराजित,ब्रुकको हेलमेटमा बलअड्कियो

८असोज,एजेन्सी ।

इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान दोस्रो पटक पराजित भएको छ । शुक्रबार राति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ । इङ्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

इङ्ल्यान्डका बेन डुकेट र ह्यारी ब्रुक्सले अविजित अर्धशतकीय पारी खेले । डुकेटले ७० तथा ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए । दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको थियो ।

हिजोको खेलमा एक रोमान्चक घटना पनि घट्यो । ब्याटरको हेलमेटमा बल अड्किएको घटनाले निकै चर्चा बटुल्यो । हेलमेटमा बल बाउन्सर बलमा लाग्ने गर्दछ । हेलमेटमा लागेपछि कन्कसनको कारण फिजियोलाई देखाउनै पर्छ । तर बल अड्केको भने कमै देखिन्छ ।

हिजोको खेलमा इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले १७ औं ओभरमा सानदार ब्याटिङ गरि रहँदा उनको हेलमेटमा भने बल अड्किन पुग्यो । तीव्र गतिका बलर हरिस रौफले चौथो बलमा लेग साइडतर्फ बाउन्सर बल फ्याँकेका थिए । ब्याक फुटमा आएर डिप मिड विकेटमा शट खेलेका उनी मिस भए ।

त्यो बल ब्रुकको हेलमेटमा गएर अड्कियो । ब्रुकले एक स्टेप अघि बढेर बल विकेटकिपर तर्फ हेरे । तर बल देखेनन् । अनि उनलाई आफ्नो हेलमेटमा बल अड्किएको थाहा पाएँ । हेलमेटमा बल देखेपछि ब्रुक हाँस्न थाले । रौफ दौडिएर उनीसँग पुगे । उता विकेटकिपर मोहमम्द रिजवानको हाँसो पनि रोकिन सकेन । रौफले उनीलाई जिस्काउन थाले ।

ब्रुकको कलिलो अनुहारमा लजालु मुस्कानले अझ हेर्न लायक थियो । ब्रुकले ने बल निकालेर हेलमेट खोले । अनि बल भुईमा राखे । नियम अनुसार उक्त बल डेड हुने गर्दछ । इङ्ल्यान्ड र पाकिस्तानबीचको चौथो टी–२० आइतबार हुनेछ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.