बहुप्रतिक्षित ‘रोज’ को ट्रेलर सार्वजनिक, प्रदीपको ‘अपराधी र रोमान्टिक’ अवतार(भिडियो )

७ भदौ ७५, शुक्रबार

काठमाडौँ : नेपाली चलचित्रका युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोज’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच फिल्मकोे ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।चलचित्रको कलरफूल ट्रेलरमार्फत् फिल्मको मुल कथा प्रष्ट्याउन खोजिएको छ ।

‘फूल होइन….’ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।अभिनेता खड्कालाई रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ । एक सिक्वेन्समा उनले आफ्नै प्रेमिका परमिता आरएल राणामाथि गोली चलाएका छन् ।

प्रदीपलाई प्रेमिकाको हत्या अभियोगमा अदालतको कठघरादेखि जेल जीवन विताइरहेको देखिन्छ । ट्रेलरमा मिरुना र प्रदीपको रोमान्टिक सिन पनि राखिएको छ । अभिनेता कर्मा शाक्य भने डिएसपीको भूमिकामा छन् । एकैखाले भूमिकामा रमाइरहेको आरोप खेपिरहेको अवस्थामा प्रदीपलाई ‘रोज’ ले मजबुत बनाउन सहयोग गर्ने देखिन्छ ।

Advertisement

उनले यस फिल्ममा लुक्स परिवर्तनमा निकै गरेको मिहिनेत छन् ।यो फिल्मको नाममा विवाद भएपछि ‘रोजी’ बाट नाम परिवर्तन भएर ‘रोज’ भएको हो । ट्रेलरले फिल्मप्रतिको उत्सकुता निकै बढाएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको नीरक पौडेल निर्देशित उक्त फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ ।केदार भुषालको कथामा तयार भएको फिल्मको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । अर्जुन पोखरेलको संगीत रहेको ‘रोज’ मा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन् भने उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top