Nepal Times
Nepal Times
3
Shares

प्रेम गीतको पहिलो दिनको कमाई कति ?

प्रेम गीतको पहिलो दिनको कमाई कति ?

९ असोज, एजेन्सी ।

सेप्टेम्बर २३ शुक्रबारदेखि विश्वका विभिन्न देशका सिनेमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ ले उत्साहजन व्यापार गर्दै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । यस फिल्मको प्रतिकृया निकै उत्साहजनक रहेको बलिउड हंगामाले लेखेको छ ।

भारतको राष्ट्रिय सिनेमा दिवस अफरको सहयोगमा शुक्रबारका धेरै शोहरू भारु ७५ रुपैयाँमा बिक्री भएका थिए । भारतको चेन्नईमा पनि शोहरू भरिएको जनाइएको छ । प्रेम गीत ३ भारतमा ५०० स्क्रिन, नेपालमा २०० स्क्रिन र विदेशमा ५०० स्क्रिनमा रिलिज भएको निमार्ण पक्षको भनाइ छ ।

पहिलो दिन प्रेम गीत ३ ले भारतको बक्स अफिसमा १.१२ करोड कमाएको बलिउड हंगामा उल्लेख छ । नेपालको घरेलु बजार र तेस्रो राष्ट्रहरुमा गरी ग्लोबल बक्स अफिसमा भारतीय रुपैयाँ ४ दशमलव ८४ करोड कमाई गरेको हंगामाले उल्लेख गरेको छ ।

मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ ।‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ९२ लाख भारु नेट कलेक्सन अर्थात नेपाली झन्डै डेढ करोड रुपैयाँ ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् । नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाइ २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

यद्यपि यसको रिपोर्ट आउन बाँकी छ । यो चलचित्र ११ करोड नेपाली रुपैयाँको लागतमा बनेको हो । प्रेमगीत ३ का निर्माता भारतीय फिल्म निर्माता सुभाष काले “यो फिल्म भारतको सिनेमा हलमा रिलिज गर्नु एउटा प्रयोग रहेको भन्दै दर्शकको सकारात्मक प्रतिक्रियाले सबैलाई खुसी बनाएको बताएका छन् ।

यो देखेर हामी छक्क पर्यौं। चेन्नईजस्तै केन्द्रमा फिल्मको नेपाली संस्करण हिजो र आज पनि हाउसफुल थियो ।देशभरि नै यो कुराले निकै हौसला बढाएको र फिल्म चलिरहँदा दर्शकले ताली बजाएको रिपोर्ट र भिडियो क्लिपहरू पाइरहेको उनले बताएका छन् । ” प्रेम गीत ३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको मुख्य भूमिका रहेको छ ।

यसलाई सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेका हुन् । मनदीप गौतमसँगै छेतन गुरुङले पनि फिल्म लेखेका हुन् । प्रेमगीत ३ को निर्माता सुभाष कालेका अलावा सन्तोष सेन, प्रशान्त कुमार गुप्ता र सुषमा शिरोमनी हुन् । पहिलो दिन अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलियामा प्रेम गीत ३ को कलेक्शन भने यस्तो रहेको छ ।

संयुक्त राज्य अमेरिका – ३०,०१२ अमेरिकी डलर

क्यानाडा – ३,८७८ अमेरिकी डलर

बेलायत १५७५ पाउन्ड स्टेर्लिङ डलर

अष्ट्रेलिया –५६,८९५ अष्ट्रेलियन डलर

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.