Nepal Times
Nepal Times
3
Shares

‘प्रेम गीत–३’को व्यापार आक्रमक, करोडौं कमाई

‘प्रेम गीत–३’को व्यापार आक्रमक, करोडौं कमाई

११ असोज, एजेन्सी ।
नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले तीन दिनमा ११ करोडभन्दा धेरै ग्रस कलेक्सन गरेको छ । नेपाल र भारतसहितका देशबाट तीन दिनमा ११ करोड १८ लाख ग्रस कलेक्सन गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले दाबी गरेका छन् ।

नेपालमा मात्रै पहिलो दिन शुक्रबार दुई करोड ५ लाख, शनिबार एक करोड ६७ लाख र आइतबार ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सन्तोषको भनाइ छ । सेनका अनुशार शुक्रबार ४ दशमल ८४ करोड । शनिबार ३ दशमलव ४२ करोड र आइतबार २ दशमलव ३९७ करोड संकलन भएको छ ।

सप्ताहन्तमा विश्वभरबाट कुल ११ करोड १८ लाख ग्रस कलेक्शन भएको छ । भारतमा मात्रै यो चलचित्रले शुक्रबार १ करोड १२ लाख, शनिबार ८३ लाख र आइतबार ९५ लाख ५० हजार संकलन गरेको छ ।

नेपाल र भारत बाहिर चलचित्र शुक्रबार १ करोड ६७ लाख, शनिबार १ करोड २३ लाख र आइतबार ७९ लाख ३० हजार संकलन गरेको सेनले बताएका छन् । गत शुक्रबारबाट चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।

‘प्रेम गीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा रिलिज हुने नेपालको पहिलो चलचित्र हो । नेपाली चलचित्र उद्योगमा बनेका चलचित्र मध्ये सर्वाधिक चर्चा कमाएको नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज भएको छ। यसरी देश बाहिर नेपाली चलचित्र प्रर्दशनीमा आएको यो पहिलो पटक हो ।

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित १२ सय स्क्रिनमा रिलिज भएको छ । यो चलचित्रलाई भारतीय समीकक्षकहरुले पनि खुलेर तारिफ गरेका छन् ।

दर्शकहरुले समेत राम्रो प्रतिक्रिया दिएका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.