Nepal Times
Nepal Times
3
Shares

सेयर बजारमा १५ अंकको वृद्धि

सेयर बजारमा १५ अंकको वृद्धि

११ असोज,काठमाडौं ।

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो ।

यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि।को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.