NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

रुसले ‘अवैध’ रुपमा युक्रेनी भूमि कब्जा गर्योः युरोपेली नेता

शनिबार अशोज १५ , २०७९
Reading Time: 1 min read
A A
Nepal Top
रुसले ‘अवैध’ रुपमा युक्रेनी भूमि कब्जा गर्योः युरोपेली नेता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ असोज,एजेन्सी ।

युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्र आफूमा गाभिएको रूसी घोेषणालाई युरोपेली सङ्घका नेताहरुले ‘अवैध’ भनेका छन् । रुसद्वारा युक्रेनी भूमी कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रका नेता सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको गैर–कानुनी कब्जाको हामी दृढतापूर्वक अस्वीकार र भत्र्सना गर्दछौँ ।

Advertisement

नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर र युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तहरूको खुलेआम उल्लङ्घन गरेर रूसले विश्वव्यापी सुरक्षालाई खतरामा पारिरहेको छ ।”

“सदस्य राष्ट्रहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको यस थप उल्लङ्घनको बहानाको रूपमा ‘रूसले गरेको अवैध जनमतसङ्ग्रह’ लाई कहिल्यै मान्यता नदिने बताएका छन् । सदस्य राष्ट्रहरूले उक्त निर्णयलाई अमान्य भन्दै यसले कुनै पनि कानुनी प्रभाव पार्न नसक्ने बताएका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, “क्रिमिया, खेरसन, जापोरिजझिया, डोनेट्स्क र लुहान्स्क युक्रेन हुन् । हामी सबै राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई यस अवैध विलयलाई स्पष्ट रूपमा अस्वीकार गर्न आह्वान गर्दछौँ।” रूसको आक्रामक युद्धका साथै मस्कोको पछिल्लो तनावको सामना गर्दै युरोपेली सङ्घ युक्रेन र यसका जनताको साथमा दृढतापूर्वक उभिएको छ ।

“विज्ञप्तिमा भनिएको छ, “हामी युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको पक्षमा अडिग छौँ । युक्रेनले आफ्नो भूभागमा पूर्ण नियन्त्रण हासिल गर्न रुसी आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्ने आफ्नो वैधानिक अधिकार प्रयोग गरिरहेको छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र कब्जा गरिएका क्षेत्रहरूलाई मुक्त गर्ने अधिकार छ।”

“क्रेमलिनले दिएको आणविक धम्की, सैन्य परिचालन र युक्रेनको भूभागलाई रुसको भू–भागका रूपमा गलत रूपमा प्रस्तुत गर्न खोज्ने रणनीति र अब रुसको भूमिमा युद्ध हुन सक्छ भन्ने धारणाले हाम्रो सङ्कल्पलाई हल्लाउने छैन,” विज्ञप्तिमा उल्लेख छ । युरोपेली परिषद्ले रुसको गैरकानुनी कदमको प्रतिकार गर्ने प्रतिबन्धात्मक कदमलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।

यसले रुसमाथि उसको आक्रामक युद्ध अन्त्य गर्न थप दबाब बढाउनेछ । ईयूले युक्रेनको साथमा दृढतापूर्वक उभिएको र युक्रेनलाई बलियो आर्थिक, सैन्य, सामाजिक र वित्तीय सहयोग प्रदान गर्न जारी राख्ने दोहो¥याएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया गरी चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्दै ‘लाखौँ जनताको इच्छा यही भएको बताएका थिए ।

“रूसका चार वटा नयाँ क्षेत्र छन्,” पुटिनले सेन्ट जर्ज हलमा रहेको युक्रेनी भूभाग कब्जा गर्ने घोषणा गर्दै गरेको लामो भाषणमा भने । अल जजिराका अनुसार उक्त भाषणमा उनले युक्रेन र उसका पश्चिमा मित्रराष्ट्रका बारेमा अत्यन्त आलोचनात्मक भनाइ राखेका थिए ।

पुटिनले भने, “यी चार वटा क्षेत्रका बासिन्दा अब सदाका लागि रूसका नागरिक हुनेछन् । पुटिनले डोनेट्स्क र लुहान्स्क मिलेर बनेको पूर्वी युक्रेनका जनता ‘कीभ शासनले गरेको अमानवीय आतङ्कवादी आक्रमणको सिकार भएको’ दाबी गरे । उनले जनमत सङ्ग्रहको परिणामलाई ‘लाखौँ जनताको इच्छा’ पनि भनेका थिए ।

राष्ट्रपति पुटिनले युक्रेनको जापोरिजझिया र खेरसन क्षेत्रको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन् । यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रूसको नियन्त्रणमा रहेका तर युक्रेनले दाबी गरेको चार क्षेत्रमा रूसको जनमतसङ्ग्रहका लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

Tags: #अवैध’ रुपमा युक्रेनी भूमि कब्जा#युक्रेनी भूमि कब्जा#रुस#रुस र युक्रेन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.