भदौ ८ : नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।
आज गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो भने दोस्रो सेट २५–१३ ले गुमाएको थियो । त्यस्तै नेपाल अर्को सेटमा २५–१४ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको थियो ।