एसियाड भलिबल : दक्षिण कोरियासँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

७ भदौ ७५, शुक्रबार

भदौ ८ : नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement

आज गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो भने दोस्रो सेट २५–१३ ले गुमाएको थियो । त्यस्तै नेपाल अर्को सेटमा २५–१४ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top