जहाजको टिकट नपाउँदा नेपालगञ्जमा सयौँ हवाई यात्रुहरु अलपत्र

१५ असोज ७९, आइतबार

१५ असोज, काठमाण्डौ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दशैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिसहरु अलपत्र परेका हुन् ।

जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ । निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरुलाई टिकट दिने गरेको उनीहरु बताउँछन् ।

नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ । यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन् ।

Advertisement

निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो । नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन् ।

आम सर्वसाधरणको गुनासो कसैले नसुन्ने र काठमाडौंबाट नेताहरुको पहुँचमा भएका व्यक्तिहरुले मात्रै जहाजको यात्रा गर्न पाइरहेको गुनासो स्थानीयको छ । डोल्पाका चन्द्रखड बुढाले बिरामी लिएर काठमाडौंबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताएका छन् ।

Advertisement

त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए ।समिट एयरका शाखा प्रमुख, दीपक शाहले भने समिट एयरले नियमित उडान गरिरहेको बताएका छन् ।

हुम्ला,जुम्ला, बाजुरा, मुगु, लगायतका जिल्लामा दैनिक ५ वटा उडान भरिरहेको उनको भनाई छ । उनले तारा, नेपाल, सीता एयरलाइन्सले नियमित उडान नभर्दा समस्या आइरहेको बताए ।
त्यस्तै नेपालगञ्ज नागरिक उड्डयन कार्यालय राँझाका प्रमुख सुरेशप्रसाद खनालले नेपालगञ्ज बेस बनाएर उडान भर्दै आएको तारा एयरले केही दिन अघिदेखि पोखरा बेस बनाएर माउण्टेन फ्लाईट गर्न थालेपछि दुर्गम जिल्लामा हवाई उडानमा कमी आएको बताए ।

उनले दशैँको बेलामा यात्रुहरु बढ्दा उडानको चाप बढेको जनाएका छन् ।नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा गाउँ फर्किनेहरुको चाप बढेका कारण टिकट पाउन मुस्किल भइरहेको विमान सञ्चालक कम्पनीहरुकोभनाइ छ ।

नेपालगञ्ज विमानस्थलबाट हुम्ला र डोल्पाका लागि उडान भर्ने जहाजहरु कम भएका कारण यात्रुहरुलाई घर पुग्न समस्या भएको हो । औषधि उपचार, अध्ययन, रोजगार, व्यापार ब्यबसाय गर्न जिल्ला छोडर बाहिर गएकाहरुलाई दशैँको मुखमा घर फर्कन जहाजको टिकट नपाएपछि नेपालगञ्जमा सयौँ हवाई यात्रुहरु अलपत्र परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top