Nepal Times
Nepal Times
3
Shares

एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

१५ असोज ,एजेन्सी ।

अर्घाखाँचीको सन्धिखर्क – ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् । अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताएका छन् ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ । पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण निरीक्षण गरेको थियो। डुबेर मरेका बाँदरलाई स्थानीय र प्रहरीले पोखरीबाट निकालेका छन्।

पोखरीबाट निकालिएका बाँदरलाई स्थानीयबासी, जनप्रतिनिधि, प्रहरी र वन कार्यालयका कर्मचारीको रोहबरमा खाल्डो खनेर पुरिएको छ। दुई वर्ष अघि पनि गोरखाको एक पोखरीमा डुबेर केही बाँदरको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.