×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

दुई महिनामा ६८ करोडको अलैची निर्यात

१६ आश्विन २०७९

१५ असोज, काठमाण्डौ ।
खोल्सोको सुन तथा कालो सुन भनिने अलैचीबाट नेपालले दुई महिनामा ६८ करोडभन्दा बढी आम्दानी गरेको छ । साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो ।

जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा ९१ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ११ लाख २५ हजार ९५० किलो अलैंची निर्यात भएको थियो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हुन् । तर पहिलो दुई महिना भारतमा मात्रै निर्यात भएको छ । गत वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको थियो ।

Advertisement

भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो र पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँ बराबरको ७० हजार किलो अलैंची निर्यात भएको छ । अलैंचीको खेती हुने पहाडी जिल्लाका ग्रामीण भेगहरूमा अलैंची खेती गर्ने किसानको संख्या बढदै गएको छ ।

सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची खेती गर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टलजति अलैंची उत्पादन हुने अनुमान छ । कुनै जिल्लाबाट त ३१ करोड ३७ लाख रुपैयाँबराबरको २ सय ५० मे.टन अलैंची बाहिर गएको भनिन्छ ।

अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । पूर्वका पहाडी जिल्ला ते¥हथुम, ताप्लेजुङ, पाँचथर, सखुवासभासहित देशका ४० जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । लमजुुङको अलैंची अरू जिल्लाभन्दा नेपालभरिमा सबैभन्दा राम्रो मानिएको देखिन्छ । अलैंची साउनदेखि मंसिरसम्म उत्पादन भइसक्छ ।

कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा भारतीय बजारमा निर्यात हुने अलैंची नै हो । नेपालमा वार्षिक करिब ५ हजार मे.टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारतमा नै हुने गरेको छ । नेपालमा १४ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ ।

त्यसमा नेपालको कुल अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चलले ओगटेको छ । नेपालको पूर्वी पहाडमा उत्पादन भएका अलैंचीले कुनै वर्ष वार्षिक १० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको देखिन्छ । नेपालमा विदेशी मुद्रा भिœयाउनेमा विप्रेषणपछि अलैंची कुनै वर्ष त दोस्रो स्थानमा परेको देखिन्छ ।

मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैंचीको माग तेस्रो देशमा बढ्दो छ । अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । नेपालबाट अलैंची निकासी ९९ प्रतिशत भारतीय बजारमा हुने गरेको छ ।

Advertisement

भारतले नेपालमा उत्पादन भएको अलैंची गुणस्तरहीन भन्दै दोष लगाएपछि नेपालमा उत्पादित अलैंचीले मूल्य गुमाएको बताइन्छ । नेपालमा उत्पादन हुने अलैंची भारतको सिलगुढी, जोगमनी भएर नयाँ दिल्लीसम्म पुग्दछ । नयाँ दिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक १ सयदेखि डेढ सय मनसम्म बिक्री बिक्री हुन्छ । अरू बाँकी अलैंची खाडी बजारमा समेत पुग्ने गर्दछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top