इरानसँग तेल किनेपछि भारतमाथि लाग्यो प्रतिबन्ध !

१५ असोज, एजेन्सी ।
इरानसँग कारोबार गरेको आरोपमा अमेरिकाले भारतीय कम्पनीविरुद्ध ठूलो कारबाही गरेको छ । राष्ट्रपति जो बाइडेन सरकारले दक्षिण र पूर्वी एसियाका ८ कम्पनीलाई इरानबाट हजारौं करोडको पेट्रोलियम र रासायनिक पदार्थ खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

यसमा मुम्बईस्थित भारतीय कम्पनी टिबालाजी पेट्रोकेम प्रालिको नाम पनि समावेश छ। अमेरिकाले इरानसँग कारोबार गरेको आरोपमा भारतीय कम्पनीविरुद्ध कारबाही गरेको यो पहिलो पटक हो । अमेरिकी ट्रेजरी डिपार्टमेन्टले इरानमाथि अमेरिकी प्रतिबन्धपछि पनि केही पेट्रोकेमिकल उत्पादनहरू खरिद गर्ने इरानी दलालहरू र हङकङ, युएई र भारतका केही कम्पनीहरू विरुद्ध अमेरिकी कारबाही गरिएको बताएको छ ।

भारतीय पेट्रो कम्पनी तिबालाजीले प्रतिबन्धित इरानी ब्रोकर कम्पनी ट्रिलियन्स पेट्रोकेमिकल र पर्शियन गल्फ पेट्रोकेमिकल उद्योग कमर्शियलमार्फत चीनबाट करोडौं रुपैयाँको पेट्रोकेमिकल उत्पादन खरिद गरेको आरोप छ। अमेरिकाले इरानका यी दुवै दलाल कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

Advertisement

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले इरानसँग कारोबार गरेको आरोपमा एक भारतीय कम्पनीसहित कुल आठ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसमा युएई, चीन र हङकङका कम्पनीहरू समेत रहेका छन्। आणविक हतियारको उत्पादनलाई लिएर अमेरिकाले लामो समयदेखि इरानमाथि प्रतिबन्ध लगाउदै आएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ट ट्रम्पको कार्यकालमा इरानसँग अमेरिकाले आणविक हतियार निशस्त्रीकरण र प्रतिबन्ध फुकुवाका विषयमा वार्ता अघि बढाएपनि त्यसको कार्यान्वयनबाट स्वयम अमेरिका नै पछि हटेको छ ।

Advertisement

सन् २०१५ मा राष्ट्रसंघको सुरक्षा परिषद्मा आवद्ध अमेरिका,चीन,फ्रान्स,रुस,बेलायत तथा इरानबीच ‘इरान न्युक्लियर डिल’ अर्थात् ‘इरानसँग सम्बन्धित परमाणु सम्झौता’ भएको थियो। तर, तत्कालीन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएको थियो। लगत्तै इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेर हतियार बनाउने कार्यमा अग्रसर बनेको भन्दै एकतर्फी प्रतिबन्ध लगाएको थियो।

सम्झौताबाट बाहिरिएपछि पनि अमेरिकाले इरानलाई सम्झौतामै अडिग भएर परमाणु कार्यक्रम अगाडि नबढाउन दबाद दिइरहेको छ । साथै अमेरिकाले इरानसँग व्यापार गर्ने जुनसुकै राष्ट्रमाथि कडा कारवाही गर्ने चेतावनी दिँदै आएको छ। यद्यपि, इरानले आफूहरूमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्ध हटाउनुुपर्ने माग राख्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top