लियो क्लव अफ इनोभेटिभ विराटनगरले गर्यो दन्त परीक्षणसम्बन्धी कार्यशाला

विराटनगर,भदौ ८
विराटनगरको अर्पण स्कुलमा शुक्रबार निःशुल्क दन्त परीक्षण र परामर्शसम्बन्धी कार्यशाला गरिएको छ ।लियो क्लव अफ इनोभेटिभ विराटनगरले सञ्चालन गरेको उक्त कार्यशालामा ९० जना जना विद्यार्थी तथा युवा समुहहरुको सहभागिता रहेको थियो ।

Advertisement

कार्यशालामा बाल–बालिका तथा युवाहरुको निशुल्क दन्त परिक्षण गरिनुका साथै दाँत कसरी सफा राख्ने र मुखको हेरचाह कसरी गर्ने भन्नेबारे जानकारी गराईएको लियो क्लव अफ इनोभेटिभका अध्यक्ष लियो अंकिता कट्टेलले जानकारी दिईन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथी लायन ह्यानकोन युमा राईले लियो क्लव अफ इनोभेटिभले गरेको कामको प्रशंसा गर्दै यस्तो कार्यक्रमहरु लिएर अझ अगाडी बढ्न सुझाव दिईन् ।उनले मानिसको लागि दाँतको धेरै महत्व रहेकोले यसको समय–समयमा परिक्षण गर्न सबैलाई सुझाव दिईन् ।

Advertisement

उक्त कार्यशालामा डा.रवि आचार्य, डा.रोजिना शाक्य र डा.सिदार्थ भन्डारीले सहजीकरण गरेका थिए ।सानिमा लाइफ इन्सुरेन्स विराटनगर शाखाको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको विशेष अतिथिमा सानिमा लाइफ इन्सुरेन्स विराटनगर शाखाका शाखा प्रवन्धक सन्तोष आचार्य रहेका थिए ।

कार्यक्रममा अर्पण स्कुलका प्रिन्सिपल सुभास विष्ट, लियो डिस्ट्रक ३२५ ए वानका क्षेत्रिय संयोजक लियो मनिल दाहाल,प्रदेश संयोजक लियो सिदार्थ दाहाल र सह–सचिव लियो सिमरन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top