×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

१७ आश्विन २०७९

१७ असोज, काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको १० वर्षे लामो शसस्त्र युद्धबाट नेपालको राजनीतिमा स्थापित भएका नेता हुन् । उनी युद्धको जगकै बलमा देशको अर्थमन्त्री र प्रधानमन्त्री भईसकेका छन् ।

Advertisement
Advertisement

२०६४ सालदेखि २०७४ सम्म तीन निर्वाचनमा गृहजिल्ला गोरखाबाट जनप्रतिनिधि बनेका भट्टराईले अब भने सक्रिय राजनीतिबाट विश्राम लिने छनक देखाएका छन् । यसअघि संसदको सांसदभन्दा स्थानीय तहको मेयर जनताको काम गर्न अधिकारसम्पन्न रहेको भन्दै मेयरका लागि इच्छा राखेका उनले प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न हिचकिचाउन नहुने बताएका थिए ।

अहिले २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरेका हुन् । ‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्,

‘आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

नेसपाका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) बाट चुनावमा उठ्ने पनि सहमति भएको छ। गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरेका छन्।

प्रचण्डले बाबुरामसँगकै सल्लाहमा चितवन–३ छाडेर गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको सत्ता गठबन्धन र माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन्। चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा बाबुरामले गोरखाली जनताले आफूभन्दा पनि अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताएका छन् ।

‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउककमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहकका साथमा हुनेछु,’ बाबुरामले भनेका छन्।

Advertisement

उनको दल नेपाल समाजवादी पार्टीले भने नेकपा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरिसकेको छ । यसैले बाबुरामको नाम समानुपातिकको सूचीमा रहे नरहेको अहिले खुलिसकेको छैन् । यसपटकको निर्वाचनमा बाबुराम पुत्री मानुषी भने काठमाडौं ७ बाट उठ्ने तयारीमा छिन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top