NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन् शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

गण्डक बाँधका ३६ वटै ढोका खोलियो/ राप्ती नदीमा बाढीले नाघ्यो सतर्कता तह

बिहिबार अशोज २० , २०७९
Reading Time: 1 min read
A A
मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० असोज, काठमाण्डौ ।
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका सबै ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए ।

ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ । तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।

LS Auto

नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

यता बाँकेको राप्ती नदीमा आएको बाढीले सतर्कता तह नाघेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले बुधबार बेलुका ७ बजेदेखि नै राप्ती नदीको जलस्तर ६ दशमलव ६२ मिटरभन्दा माथि पुगेको जनाएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले राप्ती नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको सूचना जारी गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । पानीको सतह ५.४० मिटर पुगेपछि डुबान हुने खतरा हुन्छ ।

राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । राप्तीको तल्लो तटीय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीलगायत स्थानमा बाढी पस्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीको तल्लो तटीय क्षेत्रमा बस्ने सर्वसाधारणलाई सर्तकता अपाउन र दाउरा छोप्न नजानका लागि आग्रह गरेको छ ।

बाढी खतराको चिह्नभन्दा माथी पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अलर्ट गराइएको छ । राप्तीमा बाढी बढेपछि खतरा स्वरुप साइरनसमेत बजाइएको छ । लगातार भैरहेको वर्षासँगै खोलानदीमा आएको बाढीले दसैं मनाउन र टीका थाप्न टाढाटाढा जानेहरू प्रभावित भएका छन् । टी

का थाप्न हिँडेकाहरूमध्ये कतिपय खोलामा बाढी भएकाले बीच बाटोबाटै फर्किन बाध्य भएका छन् । वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
….

Tags: #गण्डक बाँधका ३६ वटै ढोका खोलियो#राप्ती नदीमा बाढी

लोकप्रीय

इमरान खानको भाषण प्रशारणमा रोक

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

इमरान खानको भाषण प्रशारणमा रोक
अन्तर्राष्ट्रिय

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु
ताजा समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप
अन्तर्राष्ट्रिय

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

इमरान खानको भाषण प्रशारणमा रोक

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.