×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

रवि लामिछानेले चितवनबाट २ मा उम्मेदवारी दिदैं

२३ आश्विन २०७९

२३ असोज, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् ।

काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् । उनी उम्मेदवारी मनोनयनका लागि चितवन आएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए ।

Advertisement
Advertisement

तर, प्रचण्डले चितवनबाट हात झिकेर गोर्खा पुगेका छन् । रवि भने चितवनमै अडिएका हुन् । चितवन–२ बाटै सत्ता गठबन्धनको तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन् । राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका छन् । यसअघि उनी दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका व्यक्ति हुन् ।

पछिल्लो समय उनले आफ्नो व्यवसायिक–गतिविधि पनि चितवनमा नै बढाएका छन् । यस्तै नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई उठाउने भएको छ । तत्कालीन अवस्थामा माधवकुमार नेपालको पक्षमा लागेर एमालेमै बसेका पोखरेललाई नै अध्यक्ष केपी शर्मा ओलीले विश्वास गरेका हुन् ।

उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट विजयी भएका थिए । उनले एमालेबाट टिकट पाएपछि आफूले जित निकाल्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकाले संसदीय चुनाव सहज भएको उनले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top