सत्तारुढ भर्सेस विपक्षी गठबन्धन कस्तो छ ?

२३ असोज,काठमाण्डौ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी मनोनयन अघिल्लो रात राजनीतिक दलहरुबीच चुनावी तालमेलका विभिन्न स्वरुप देखिएका छन्।

पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ भने यसअघि एमालेसँग तालमेलको प्रयास गरेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकभर केन्द्रबाट तालमेल नगर्ने नीति लिएको भएपनि मधेसमा उसले जसपासँग चुनावी तालमेल गरेको छ। त्यस बाहेक उसले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर–१ बाट सूर्य चिन्ह लिएर उठ्न दिने निर्णय गरेको छ भने केही स्थानमा राप्रपासँगसमेत एमालेले तालमेल गरेको छ।

यसले झापा–३, रुपन्देहीलगायतका तीन क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ। एमालेले समानुपातिकको बन्द सुचीमा खस आर्यबाट नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि सत्ता गठबन्धनमा सहभागी भएको जसपाले चुनावको मुखमा सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Advertisement

यी दुई दलबीच १४ जिल्लाका ५२ प्रतिनिधिसभा र ११२ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ। एमालेसँग निकट भएको भनिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्ता गठबन्धनसँग तालमेल गर्न सहमत भएको छ। उता सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रय जनमोर्चाबीच चुनावी तालमेल भइसकेको छ।

त्यसमा लोसपा पनि थपिएको छ। लोसपाले अब सप्तरी २, धनुषा ३, महोत्तरी २, महोत्तरी ३, सर्लाही १, बारा २ र पर्सा १ मा गठबन्धनमा आबद्ध दलको सहयोग पाउने छ । तर सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा हुने लोसपाले जनाएको छ । यो क्षेत्रमा राजेन्द्र महतो चुनाव लड्दैछन् ।

तर, यही क्षेत्रमा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले आफ्ना उम्मेदवार अघि सारेको छ । त्यसैले यहाँ महतोले गठबन्धनकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसलाई गठबन्धनले मित्रवत् प्रतिस्पर्धा भनेको छ ।

प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ९०,माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले १९, लोसपाले ७ र राष्ट्रिय जनमोर्चाले दुई सिट लिनेगरी सहमति भएको छ ।यद्यपि मनोनयन दर्ता हुँदासम्म यो संख्या फेरबदल हुन सक्ने नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top