NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
Next
Prev

समाचार

भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

सोमवार अशोज २४ , २०७९
Reading Time: 1 min read
A A
भीम रावललाई टिकट नदिएकोमा विरोधमा उत्रिए अछामका नेता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ असोज, काठमाण्डौ ।
अछाम– १ मा नेकपा एमालेका तर्फबाट सर्वसम्मत उमेद्वार सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावलको टिकट खोसेर एमालेले झपट बोहरालाई अवसर दिएपछि एमाले सुदूरमा पहिरो जाने क्रम बढ्दै गएको छ । बोहरा माओवादी केन्द्रबाट एमाले आएका हुन् ।

यता एकल नाम सिफारिस हुँदासमेत रावललाई टिकट नदिएपछि एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । बोहरा मनोनयन दर्ता गरेर फर्किने क्रममा रावल समर्थक कार्यकर्ताहरुले कालो झण्डासहित नाराबाजी गरेका थिए । रावलनिकट कार्यकर्ता अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीमै उत्रिएका थिए ।

एमालेको पार्टी कार्यालयसमेत आइतबार बन्द रहेको थियो । बोहरा उम्मेदवारी दर्ता गर्न होटलबाट निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा समेत दिएका छन् । अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको भन्दै अहिलेसम्म १२२ जनाले राजीनामा दिएका छन् ।

४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेबाट टिकट नपाएकाहरु कतै बागी उठेका छन् भने कतै राजीनामा दिएका छन् । उता डडेल्धुरामा पनि नेपाली कांग्रेस बीपीसँग एमालेले गरेको गठबन्धन टुटेको छ ।

डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवार नउठाउने सहमति गरेको थियो । यो सहमतिविपरीत डडेल्धुरामा एमालेबाट प्रतिनिधि सभामा दुईजनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभातर्फ पूर्व राष्ट्रिय सभा सदस्य चक्र स्नेहीको उम्मेदवारी परेको छ ।

यस्तै, एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीमा लागेर केही महिनाअगाडि फर्किएका विक्रमबहादुर शाहीले डडेल्धुरामा बागी उम्मेदवारी दर्ता गराएका छन् । एमाले कञ्चनपुरमा पनि असन्तुष्टि र विद्रोह गर्ने उल्लेख्य छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुर १ प्रतिनिधि सभामा एमाले नेता खेम सुवेदी बागी उठेका छन् ।

पुराना र क्रियाशील नेतालाई पाखा लगाउँदै अवसरवादीलाई पुरस्कृत गरेको भन्दै सुवेदीले पार्टी परित्याग गरेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर हमालले पनि विद्रोह गर्दै बागी उठेका छन् । कञ्चनपुर एमालेका संस्थापनकालदेखि नै सक्रिय प्रदेश कमिटी सचिवालय सदस्य जयराज पाण्डेले पार्टी छाडेका छन् ।

उनले क्षेत्र नम्बर २(१) का बागी उम्मेदवार हमाललाई समर्थन गरेका छन् । त्यस्तै, एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३(१)बाट बागी उम्मेदवारी दिएका छन् । एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् ।

Tags: # भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो#ओलीविरुद्ध नारा#भीम रावल#भीम रावलले टिकट नपाउँदा

लोकप्रीय

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२

विचार

थप समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.