×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

२४ आश्विन २०७९

२४ असोज, काठमाण्डौ ।
अछाम– १ मा नेकपा एमालेका तर्फबाट सर्वसम्मत उमेद्वार सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावलको टिकट खोसेर एमालेले झपट बोहरालाई अवसर दिएपछि एमाले सुदूरमा पहिरो जाने क्रम बढ्दै गएको छ । बोहरा माओवादी केन्द्रबाट एमाले आएका हुन् ।

यता एकल नाम सिफारिस हुँदासमेत रावललाई टिकट नदिएपछि एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । बोहरा मनोनयन दर्ता गरेर फर्किने क्रममा रावल समर्थक कार्यकर्ताहरुले कालो झण्डासहित नाराबाजी गरेका थिए । रावलनिकट कार्यकर्ता अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीमै उत्रिएका थिए ।

Advertisement

एमालेको पार्टी कार्यालयसमेत आइतबार बन्द रहेको थियो । बोहरा उम्मेदवारी दर्ता गर्न होटलबाट निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजीनामा समेत दिएका छन् । अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदासमेत टिकट नदिएको भन्दै अहिलेसम्म १२२ जनाले राजीनामा दिएका छन् ।

४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेबाट टिकट नपाएकाहरु कतै बागी उठेका छन् भने कतै राजीनामा दिएका छन् । उता डडेल्धुरामा पनि नेपाली कांग्रेस बीपीसँग एमालेले गरेको गठबन्धन टुटेको छ ।

डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवार नउठाउने सहमति गरेको थियो । यो सहमतिविपरीत डडेल्धुरामा एमालेबाट प्रतिनिधि सभामा दुईजनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभातर्फ पूर्व राष्ट्रिय सभा सदस्य चक्र स्नेहीको उम्मेदवारी परेको छ ।

यस्तै, एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीमा लागेर केही महिनाअगाडि फर्किएका विक्रमबहादुर शाहीले डडेल्धुरामा बागी उम्मेदवारी दर्ता गराएका छन् । एमाले कञ्चनपुरमा पनि असन्तुष्टि र विद्रोह गर्ने उल्लेख्य छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुर १ प्रतिनिधि सभामा एमाले नेता खेम सुवेदी बागी उठेका छन् ।

पुराना र क्रियाशील नेतालाई पाखा लगाउँदै अवसरवादीलाई पुरस्कृत गरेको भन्दै सुवेदीले पार्टी परित्याग गरेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर हमालले पनि विद्रोह गर्दै बागी उठेका छन् । कञ्चनपुर एमालेका संस्थापनकालदेखि नै सक्रिय प्रदेश कमिटी सचिवालय सदस्य जयराज पाण्डेले पार्टी छाडेका छन् ।

उनले क्षेत्र नम्बर २(१) का बागी उम्मेदवार हमाललाई समर्थन गरेका छन् । त्यस्तै, एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३(१)बाट बागी उम्मेदवारी दिएका छन् । एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top