क्लब फुटबलमा रोनाल्डोको ७ सय गोल

२४ असोज ,एजेन्सी ।
विश्व चर्चित पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा व्यक्तिगत ७०० गोलको कीर्तिमान पूरा गरेका छन् । रोनाल्डोले व्यक्तिगत ७०० गोल गरेको प्रिमियर लिगको खेलमा गएराति म्यानचेस्टर युनाइटेडले पनि एभर्टनलाई पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा भेट्रान फरवार्ड रोनाल्डोले बेन्चबाट आएर गोल गरेका हुन् । यससँगै यो सिजन खराब लय र समस्याबाट गुज्रिरहेका उनले एउटा अर्को कीर्तिमान चुम्न सफल भएका छन् । क्लबस्तरमा उनको गोल सङ्ख्या सात सय पुगेको हो । खेलमा अग्रता भने एभर्टनले लिएको थियो ।

एभर्टनका एलेक्स ईओबीले पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ब्राजिलियन एन्थोनीले खेलको १५ औँ मिनेटमा गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो । खेलको २९ औँ मिनेटमा एन्थोनी मार्टियालको स्थानमा मैदान छिरेका रोनाल्डोले ४४ औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए ।

Advertisement

मार्टियल घाइते भएपछि रोनाल्डो मैदान छिरेका थिए । रोनाल्डोले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । यो जितपछि युनाइटेड १५ अंकसहित लिगको पाँचौ स्थानमा पुगेको छ ।

उता पराजित एभर्टन १० अंक जोडेर लिगको १२ औँ स्थानमा छ । यस्तै, राति नै भएका खेलमा वेष्टह्यामले फुलह्यामलाई ३–१ ले र क्रिस्टल प्यालेसले लिड्सलाई २–१ गोल अन्तरले हराएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top