Nepal Times
Nepal Times
3
Shares

अब १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

अब १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं : यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो भने भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ ।

साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ ।कसुरजन्य अभियोग लागे यस्ता बालबालिकालाई पुर्पक्षका लागि थुनाको सट्टा बाल सुधारगृहमा राखिने व्यवस्था गरिएको छ ।

यस्तै, १० वर्षभन्दा कम उमेरका बालबालिकालाई मुद्दा नलगाइने र कुनै सजाय नहुने भएको छ । १० वर्षमाथिका तथा १४ वर्षमुनिकाले कसरजन्य काम गरेका भए सम्झाइ बुझाइ छाड्ने व्यवस्था छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

कैद हुने काम गरेको भए छ महिनासम्म कैद सजाय वा एक वर्षसम्म बाल सुधारगृहमा राख्ने व्यवस्था विधयकमा गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.