नेप्सेमा आज १६ अंकको गिरावट

२४ असोज ७९, मंगलबार

२५ असोज ,काठमाडौं ।

तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर १८७१ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १६ अंकले घट्न पुगेको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १६.०६ अंकले घट्दै १८५५.१६ अंकमा ओर्लिएको छ ।

उसो त १६ अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५५ करोडमा खुम्चिन पुगको छ । अघिल्लो दिन २७ अंकले घटेको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Advertisement

यस दिन ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका अन्य उपसूचकहरु ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १।२८ प्रतिशतले घटेको छ भने आज जीवन बीमा समूहको उपसूचक १।२१ प्रतिशतले र अन्य समूहको उपसूचक १.२१ प्रतिशतले घटेको छ ।

यता ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहको उपसूचक भने क्रमशः ०.०४, ०.०३ र ०.२६ प्रतिशतले बढेका छन् ।आज सबैभन्दा बढी समिट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले १० प्रतिशतले कमाएका छन् भने विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरधनीहरूले ७।१८ प्रतिशतले गुमाउन पुगेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top