सन्दीप हतकडी बिनै अदालतमा उपस्थित

२६ असोज ७९, बिहीबार

२७ असोज, काठमाण्डौ ।
एक १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धान सहयोग गर्न भन्दै प्रहरीमा उजुरी परेको एक महिना पछि अमेरिकाबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई विमानस्थलमा हतकडी लगाएको प्रहरीले आज पनि अदालतमा विना हतकडी उपस्थित गराएको छ ।

यसअघि आफै नेपाल फर्किएका सन्दीपलाई आरोपकै भरमा अपराधी करार गर्ने गरी हतकडी लगाएको भन्दै सामाजिक संजाल तथा अधिवक्ताहरुबाट समेत प्रश्न उठेपछि आज भने प्रहरीले सन्दीपलाई विना हतकडी अदालतमा उपस्थित गराएको छ ।

सन्दीपलाई प्रहरीले विमानस्थलमा हतकडी लगाएर गौशला प्रहरीमा पुर्याएपछि यसअघि यस्तै प्रकृतिको आरोप लागेका नेताको दाँजोमा सन्दीपमाथि प्रहरीले विभेदको नीति लिएको भन्दै सामाजिक संजालमा प्रहरीको आलोचना समेत भएको थियो ।

Advertisement

यस्तै सन्दीपका तर्फबाट वकालत गरिरहेका अधिवक्ताहरुले समेत सन्दीपलाई लगाइएको हतकडी र प्रहरीले उनको गोपनियता भंग गरेको विषय अदालतमा उठाउने बताईरहेका बेला आज भने प्रहरीले सन्दीपलाई विना हत्कडी अदालत पुर्याएको छ ।

सन्दीपका लागि जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

Advertisement

सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो । यसअघि उनलाई गत सोमवार अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो । अधिवक्ता सरोज घिमिरेका अनुशार अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्टट्रयाकमा सक्नको लागि ३ दिनको म्याद थप्न आग्रह गरेपनि अदालतले ५ दिनको म्याद थपी अनुसन्धानका लागि समय दिएको बताएका छन् ।

सन्दीपमाथि थप ५ दिनको म्याद थपी अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कार्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने उनले बताएका छन् । अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top