विश्वकप विजेता फ्रान्सका राष्ट्रिय टोलीका कप्तान कारबाहीमा

८ भदौ ७५, शनिबार

एजेन्सी,भदौ ९
विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई कारबाही गरिएको छ । उनलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गरेको हो।

३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबार ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।उनले गाडी चलाउँदा मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कारवाही गरेको थियो । सहरको पुलिस विभागका अनुसार लोरिसलाई जमानतमा रिह गरिएको छ ।

उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो । उनले अब ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने आदेश जारी भएको छ । लोरिसले प्रिमियर लिग क्लबमा २५६ खेल खेलेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top