सुनकोशी डाइभर्सन आयोजनाको टनेल खन्न सुरु

२८ असोज ७९, शुक्रबार
Share this
755shares

२८ असोज, काठमाण्डौ ।
सिन्धुलीमा निर्माणधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु गरिएको छ। सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागिएको हो। यो आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने मन्त्री पम्फा भुसालको भनाइ छ ।

Advertisement

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोला तर्फबाट सुरुङ खन्न सुरु गरेको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । ‘यो ठ्याक्कै भरी–बबई डाइभर्सन परियोजनामा प्रयोग भएको प्रविधि हो,’ उनले भनेका छन् ‘टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेरै यो सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य लिएका छौं ।’

Advertisement

आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकेदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए निर्धारित समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने उनले बताए ।

Advertisement

यो आयोजनाको ठेक्का नलाग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते शिलान्यास गरेका थिए । यो आयोजना मुख्य रुपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

सिंचाइ विभागले यो आयोजनालाई मधेश प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेशमा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको विश्वास छ । तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ ।

मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top