×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

टर्कीएमा अहिलेसम्मकै घातक औद्योगिक दुर्घटना/२५ जनाको मृत्यु,दर्जनौँ पुरिए

२९ आश्विन २०७९

२९ असार, एजेन्सी ।
टर्कीएको एउटा कोइलाखानीमा विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । उत्तरी टर्कीएको बार्टिन प्रान्तमा रहेको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जना मारिनुका साथै दर्जनौँ मानिसहरू पुरिएका छन् । ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट मृतकको शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् ।

विस्फोटका अन्य ११ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् । ‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेको बताइएको छ ।

Advertisement
Advertisement

जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए । आपतकालिन उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

उक्त खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पुरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडिओहरू सार्वजनिक भएका छन् । विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन र अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन् । टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरूबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताएका छन् ।

“हाम्रो लागि यो साँच्चिकै पश्चात्तापपूर्ण अवस्था हो,“ उनले भने । खानीको सुरुङ आंशिक रूपमा अवरुद्ध भएको तर हावाको आवतजावत गर्ने बाटो बन्द नभएको उनले जानकारी दिए । खानीभित्र आगो बाँकी नरहेको पनि उनले बताएका छन् । यो खानी टर्कीको सरकारी कम्पनी टर्कीस हार्ड कोल इन्टरप्राइजेजले सञ्चालन गरेको थियो ।

Advertisement
Advertisement

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले घटनास्थलको अवलोकन गर्ने तयारी गरिरहेका छन् । सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको यस्तो कोइलाखानी विस्फोटमा ३०१ जना मारिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top