डडेलधुरामा कांग्रेस वीपी र एमालेको तालमेल भङ्ग

 २९ असोज, काठमाण्डौ ।

नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा ’ख’ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो ।

डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको ’क’ र ’ख’ दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको थियो । डडेलधुराको प्रतिनिधि सभामा एमालेको उम्मेदवार कोही छैनन् ।

Advertisement

प्रदेश सभामा भने ’क’ मा पठान सिंह बोहरा र ’ख’ मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् । एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’ डडेलधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो ।

अब यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । बीपी कांग्रेससँग तालमेल गरेर निर्वाचनमा होमिँदा दुइटै प्रदेशसभा जित्ने र प्रतिनिधिसभा पनि शेरबहादुर देउवालाई टक्कर दिन सकिने एमालेभित्रैका केहीको विश्लेषण छ ।

Advertisement

केहीले भने अघिल्लो पटक तालमेल गर्दा पनि केही उपलब्धि नआएको भन्दै तालमेलको विरोध गरेका थिए । स्थानीय तह निर्वाचनमा पनि यहाँ एमाले र बीपी कांग्रेसले तालमेल गरेका थिए । तर, दुबै दलले कुनै पनि पालिका जित्न सकेनन् ।

लगातार ६ पटक डडेल्धुराबाट निर्वाचन जितेका देउवालाई हराउन एमालेले उनकै पुराना कार्यकर्ता कर्ण मल्ललाई अघि सार्ने रणनीति लिएको थियो । अघिल्लो पटकको निर्वाचनमा प्रदेशसभा (ख) तर्फ कांग्रेसबाट उम्मेदवार बनेका मल्ल ३५८ मतान्तरले विजयी भएका थिए ।

१३ हजार ४१३ मत प्राप्त गरेर मल्ल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीले १३ हजार ५५ मत प्राप्त गरेका थिए । अहिले जोशी नेकपा एकीकृत समाजवादीमा छन् । उनले पनि प्रदेशसभामा भाग नपरेको भन्दै गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top