प्रधानमन्त्रीको उम्मेदवार छान्दै रविको पार्टी

६ कात्तिक , काठमाण्डौ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचन आउन अझै २८ दिन बाँकी रहेको अवस्थामा निर्वाचन अगावै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ। रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएको छैन। स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा चुनावका लागि भने प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवारहरू छन्। अन्य पार्टीमा चुनाव भएपछि निर्वाचित सांसदमध्येबाट संसदीय दलको नेता चयन गर्ने गरिन्छ।

यो नेपालका राजनीतिक दलहरुका लागि अहिलेसम्म नभएको नौलो अभ्यास हो । तर स्वतन्त्र पार्टीको विधानमा भने चुनावअघि नै संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। सो व्यवस्था वमोजिम नै सो पार्टीले दलको नेता छान्ने भएको हो । यसरी छानिएको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुनेछ ।

Advertisement

उक्त व्यवस्थाअनुसार पार्टीका महामन्त्री मुकुल ढकालले आन्तरिक सर्कुलर गर्दै संसदीय दलको नेता उठ्न चाहनेलाई लिखित निवेदन दिन भनेका छन्। संसदीय दलको नेता उठ्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारले पाउने व्यवस्था विधानको धारा ७२ को १ मा उल्लेख छ।

पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउँछन्। संसदीय दलको नेता उठ्न इच्छुकले भोलि सोमबार अपरान्ह [email protected]  मा लिखित निवेदन पठाउनुपर्ने हुन्छ।निर्वाचन कहिले गर्ने भन्ने टुंगिएको छैन। चुनावमा संसदीय दलको नेता चयन हुनका लागि खसेको कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनाव गरेर धेरै मत ल्याउने व्यक्ति नै संसदीय दलको नेता हुने विधानको व्यवस्था छ। संसदीय दलको नेता चयन भएका व्यक्ति आमचुनावमा पराजित भएमा ऊ संसदीय दलको नेता बन्न भने पाउँदैन।

प्रतिनिधि सभा सांसद भएकामध्येबाट पछि पुनः संसदीय दलको नेता चयन गरिन्छ। संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अवसर प्राप्त भएमा प्रधानमन्त्री हुने विधानमा उल्लेख छ। सो पार्टीका सभापति लामिछानेले भने चितवन २ बाट उम्मेदवारी दिएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top