चुच्चे नक्सालाई चुनावी एजेण्डा बनाउने एमालेको मिशन

७ कात्तिक ७९, मंगलबार

८ असोज, काठमाण्डौ ।
नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा केन्द्रीत चुनावी आमसभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ ।

१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताए ।

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन् । भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट ओलीले एमालेको आसन्न चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्न लागेका छन् ।

Advertisement

ओली सरकारको नेतृत्वमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो । आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’ एमाले प्रदेश सचिव धर्म पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’ पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ । ‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

Advertisement

दार्चुलामा एमालेको आमसभा उद्घाटन गर्न अध्यक्ष ओली आउने कार्यक्रम तय भएपछि तयारी तीव्र पारिएको त्यहाँका अध्यक्ष प्रेमसिंह धामीले बताए । ओली ९ वर्षपछि दार्चुला जान लागेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनले भने आसन्न चुनावी प्रचारका रुपमा सातै प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top