Nepal Times
Nepal Times
3
Shares

टि–२० विश्व कप क्रिकेटमा वर्षा बाधक बन्दा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

टि–२० विश्व कप क्रिकेटमा वर्षा बाधक बन्दा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

११ कात्तिक, काठमाडौं ।

अष्ट्रेलियामा भइरहेको आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ ।मेलवर्नमा तय भएको सुपर१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १(१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो ।

शुक्रबारै मेलवर्नमा तय भएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि टस नभइ रद्द भएको थियो ।खेल नभएपछि इंग्ल्याण्ड र अष्ट्रेलियाले ३ खेलपछि समान ३ अंक जोडेका छन् । दुवै टिम यसअघि एक खेल जितेका थिए भने एक खेलमा पराजित भएका थिए ।वर्षाका कारण लगातार खेल रद्द हुँदा सेमिफाइनल समीकरणमा पनि असर पर्ने देखिएको छ ।

समूह ए मा न्युजिल्याण्डको २ खेलबाट ३ अंक छ भने तीन खेल खेलिसकेका इंग्ल्याण्ड, आयरल्याण्ड र अष्ट्रेलियाको पनि समान ३ अंक छ र क्रमशस् दोस्रो, तेस्रो र चौथो स्थानमा छ । श्रीलंका २ खेलबाट २ अंकसहित पाँचौं र ३ खेलबाट २ अंक रहेको अफगानिस्तान छैटौं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.