NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

शनिबार भदौ ९ , २०७५
Reading Time: 1 min read
A A
४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना निर्माण शुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, भदौ ९
दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ ।नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् ।

प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले केही दिन पहिले सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । विद्युत् गृहलगायत निर्माणको काम जारी रहेको छ । यस्तै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको जनाएको छ ।

LS Auto

सरकारी स्वामित्व र निजी लगानीका अधिकांश आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणलाई जानकारी गराएको उक्त विवरणमा उल्लेख छ । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए यसै वर्ष सम्पन्न हुने आयोजनाका रुपमा रहेका छन् । प्राधिकरणका अनुसार आगामी आवको अन्त्यसम्म नेपालको कूल जडित क्षमता दुई हजार २७४ मेगावाट बराबर पुग्नेछ ।

प्राधिकरणले नै प्रक्षेपण गरेको तथ्याङ्कका आधारमा वार्षिक १० प्रतिशत मात्रै विद्युत्को माग बढेको खण्डमा पनि एक हजार ७५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् माग पुगनेछ । तर नेपालका अधिकांश आयोजना नदी प्रवाही भएका कारण वर्षामा बढी विद्युत् उत्पादन हुने र हिउँदमा कममात्रै विद्युत् उत्पादन हुने भएकाले हिउँदमा भने विद्युत् व्यवस्थापन गर्न अझै केही समस्या पर्ने देखिन्छ ।

सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट र आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणमा रहेका र सम्पन्न हुने चरणमा रहेका आयोजनाको हिसाबमा हेर्दा सरकारको लक्ष्य सहजै पूरा हुने देखिन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजनालाई समयमै सक्न मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको र कुनै पनि समस्या हुने नदिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमितरुपमा आयोजनाको अनुगमन तथा अनावश्यक सहजीकरण गरिरहेका छन् । “हामीलाई उपलब्ध गराइएको विवरणअनुसार नै काम भएको खण्डमा सरकारको लक्ष्य सहजै पूरा गर्न सकिन्छ” कार्यकारी निर्देशक घिसिङले भने ।

सोही अवधिमा वार्षिक १० प्रतिशतका आधारमा विद्युत् माग एक हजार ७५० मेगावाट पुग्ने प्रक्षेपण छ । देशमा विद्युत् माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठीक उल्टो छ । निर्माणाधीन र अब निर्माणमा जाने आयोजनाबाट अबको पाँच वर्षमा कूल जडित क्षमता करीब चार हजार ५०० मेगावाट पुग्ने अनुमान छ ।

यस्तै, माग वार्षिक १० प्रतिशतका दरले दुई हजार ५६० मेगावाट पुग्ने देखिन्छ । सरकारले आगामी पाँच वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत्को पहुँच पु¥याउने वाचा गरेको छ । यसका लागि बायोग्यास, सोलार, हावालगायत स्रोतको पनि उपयोगलाई प्राथमिकता दिइएको छ । यसका साथै फोहरबाट समेत विद्युत् उत्पादन शुरु भएको छ ।

वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना

प्राधिकरणका अनुसार वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ६५८ मेगावाट रहेको छ । ती आयोजना पनि समयमै वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने पर्खाईमा छन् ।

प्राधिकरणले दुई साना जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता रद्द गरेको छ । त्यसमा नारायणी शङ्कर बायोमास र तामे खोलाको सम्झौता रद्द गरेको हो । यस्तै बीमामा बदमासी भएको पाइएकाले ३० मेगावाट क्षमताका १० आयोजनालाई सचेत गराएको छ ।
रासस

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.