लिभरपुल पराजित हुँदा पीएसजी, टोटेनहम र बार्सिलोना विजयी

१३ कात्तिक , एजेन्सी ।
लियोनल मेस्सी र नेयमार चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा जित हासिल गरेको छ । शनिबार राति पीएसजीले घरेलु मैदानमा ट्रोयसमाथि ४–३ को प्रतिस्पर्धात्मक जित दर्ता गरेको हो । मेस्सी र नेयमारले समान एक गोल गर्दै समान एक गोलको अवसर सिर्जना गरेपछि पीएसजीले धेरै गोल निस्किएको खेलमा जित दर्ता गर्यो ।

खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । नेयमारको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याए। पुन पाहुना टोलीले बाल्दले दोस्रो हाफको सुरुवातमै गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएका थिए । सर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

मेसीले उपलब्ध गराएको पासमा नेयमारले ६२ औं मिनेटमा गोल गर्दै खेललाई ३–२ ले अघि बढाए । खेलको ७७ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रतालाई ४–२ को अवस्थामा पुर्याएका थिए । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाहुना टोलीका एनी पलाभर्साले गोल गर्दै खेलको नतिजालाई ४–३ मा झारेका थिए ।

Advertisement

लिग वानमा पीएसजी अपराजित छ । उसले १३ मध्य दुई खेलमा बराबरी र बाँकी खेलमा जितको नतिजा हासिल गरेको छ । पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ । उता इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडले २–१ गोल अन्तरले हराएको हो ।

लिड्सले लिभरपुललाई एनफिल्डमै हराएको हो । खेलको चौंथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २–१ को जित दिलाए ।

Advertisement

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेको छ । लिभरपुल १६ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । इंग्लिस प्रिमियर लिग फुटबलमै टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले बर्नेमाउथलाई ३–२ गोल अन्तरले हराएको हो । टोटेनहमले सुरुआती दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

टोटेनहमको जितमा रायन सेसेगनन,बेन डेभिस र रोड्रिगोले एक एक गोल गरे । बर्नेमाउथका केइफर मोरेले दुई गोल गरे । जितसँगै टोटेनहम तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत नै न्युकासलले एस्टन भिल्लालाई ४–० ले हराएको छ । क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले हराएको छ ।

उल्भ्स र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए । यस जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top