×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु

१३ कार्तिक २०७९

१३ कात्तिक, एजेन्सी ।
दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो दुर्घटनामा परि ८२ भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बताइएको छ । राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन पर्व मनाउनका लागि मानिसहरू जम्मा भएका थिए ।

कोभिड–१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

मृत्यु भएका अधिकांश किशोर÷किशोरी भएको अधिकारीले बताएका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो । घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ ।

घटनाको कारण भने अझै खुलि नसकेको समाचार एजेन्सी योनहेपले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक–योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ । उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

Advertisement

भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त ¥यालीमा सहभागीहरुले स्थानीय संचारमाध्यमहरुलाई बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top