महिला साफमा आज नेपाल–भुटान भिड्दै

Share this
786shares

१७ कात्तिक, एजेन्सी ।
बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

Advertisement

उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो । भुटान पनि नेपाललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ ।

च्याम्पियनसिपमा तीन डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् । नेपालले ५ नोभेम्वरमा बंगलादेश, ९ नोभेम्वरमा पुनः भुटान र त्यसपछि ११ नोभेम्वरमा पुनः बंगलादेशसँग खेल्नेछ । लिग चरणको समाप्तिमा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।

Advertisement

नेपाली टोलीमा कप्तान दिपा रोकायासहित राधिका ओली, सुजता तामाङ, रुपा धिमाल, सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही, रेणु लिम्बु, डोल्मा लामा, सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन, समिक्षा मगर, वर्षा ओली, सेनु परियार समेटिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top