फिफा विश्वकपः कस्तो छ पोर्चुगिज टिम ?

१९ कात्तिक, एजेन्सी ।
फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । यो साता क्लबको खेलपछि खेलाडीहरु आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने योजनामा छन् । खेलाडीहरु आफ्नो देशलाई च्याम्पियन बनाउन चाहन्छन् । यता आफूलाई मनपर्ने चर्चित खेलाडीहरूलाई नजिकबाटै हेर्न पाउने भएका कारण समर्थकहरू पनि निकै उत्साहित बनेका छन् ।

विश्वकपमा चर्चित स्टार खेलाडीहरुले यस पटक पनि केही न केही नयाँ र छाप छाड्ने अपेक्षा आम समर्थकको रहेको छ । यस्ता चर्चित खेलाडीहरुको सूचीमा रहेको एक नाम हो क्रिस्टियानो रोनाल्डो ।

विश्वकप नजिकिदै गर्दा ३७ वर्षीय रोनाल्डोले पोर्चुगललाई विश्वकपको उपाधि दिलाएर आफ्ना फुटबल बुट भित्तामा झुन्ड्याउनेछन् वा उनको त्यो सपना अधुरै रहने हो भन्ने अधिकांशको चासोको विषय हो । पोर्चुगलले युईएफए नेसन्स लिग तथा युरोपियन च्याम्पियनसीपको उपाधि हात पारेपनि विश्वकप भने जित्न सकेको छैन ।

Advertisement

पोर्चुगल यस पटक भने रोनाल्डोसँगै ब्रुनो फर्नान्डेज, जोआव क्यान्सेलो, रुवेन डियाज तथा बर्नान्डो सिल्भाजस्ता खेलाडीमा समेत भर पर्नेछ । यस पटकको विश्वकपको समूह चरणमा पोर्चुगल फिफा वरियताको हिसाब अन्य टिमहरू घाना, उरुग्वे तथा दक्षिण कोरियाभन्दा माथि छ ।

समूह ‘एच’ मा रहेको पोर्चुगल सजिलै अर्को चरणमा प्रवेश गर्ने अपेक्षा भएपनि त्यसपछिको यात्रा भने पक्कै पनि सहज हुनेछैन । पोर्चुगलमा चर्चित खेलाडीहरू भएपनि उसले समूह चरणमै विभिन्न लिगका स्टार खेलाडीहरू सम्मिलित टिमहरूको सामना गर्नुपर्नेछ । पोर्चुगलले आफ्नो पहिलो खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्नेछ ।

Advertisement

घानामा इंग्लिस प्रिमियर लिगका चर्चित खेलाडीहरू थोमस पार्टी र तारिक लाम्पटी रहेका छन् र दुवैजना उत्कृष्ट लयमा रहेका छन् । पोर्चुगलका लागि समूह चरणमा सबैभन्दा ठूलो चुनौती भने उरुग्वे हुनेछ । लुइस सुआरेज, डार्विन नुनेज जस्ता खेलाडीले पोर्चुगललाई चुनौती दिन सक्ने अपेक्षा गरिएको छ । उसका लागि अर्को चुनौती भनेको दक्षिण कोरिया हो ।

सन् २०१८ को विश्वकपमा जर्मनीलाई पराजित गर्दै समूह चरणबाट घर पठाएको दक्षिण कोरियालाई भने पोर्चुगलले कम भने आँक्ने छैन । अझ प्रिमियर लिग क्लब टोटेनहमका लागि सन् २०१५ देखि मुख्य खेलाडीको रुपमा रहेका सन हेउङ्ग–मिङ्गले खेलमा नाटकीय परिवर्तन ल्याउन सक्छन् ।

सनले सन् २०१५ देखि टोटेनहमका लागि ९६ गोलसमेत गरिसकेका छन् । यद्यपी च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेल दौरान ह्युङ मिङ सनले अनुहारमा चोट बोक्न पुग्दा उनले विश्वकप गुमाउने सम्भावना छ । उनको अनुहारमा चोट लागेकोले विशेष मास्क लगाएर खेल्ने सम्भावना पनि छ ।

पोर्चुगल दक्षिण कोरिया र उरुग्वेविरुद्धको खेलमा आफ्नो चार महत्वपूर्ण खेलाडीबाट वञ्चित हुन सक्नेछ । डिएगो जोटा, पेड्रो नेटो, पेपे र नुनो मेन्डेस चोटसंग संघर्ष गरिरहेका छन् । यस्तै समूह चरण पार गरे ब्राजिल, सर्विया, स्विट्ल्यान्ड वा क्यामेरुनको सामना गर्नेछ भने त्यसअघि स्पेन, जर्मनी वा बेल्जिमविरुद्ध खेल्नुपर्ने हुन सक्छ । क्वार्टरफाइनलभन्दा माथि पुगे इंग्ल्यान्ड, अर्जेन्टिना र फ्रान्सजस्ता टिम उसको बाटोमा आउने सम्भावना रहन सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top