निर्मला हत्या प्रकरण : एक महिनापछि प्रजिअ र प्रहरी प्रमुखले थाले शून्यबाटै अनुसन्धान

कञ्चनपुर : निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन् ।

अनुसन्धानका क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घटनाबारे थालेको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीयले महेन्द्रनगरमा आन्दोलन चर्काएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलगायत गृह मन्त्रालय तानिएका थिए। उनीहरूको सट्टामा गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाएपछि उनीहरूको नेतृत्वमा स्थानीयको मागबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

Advertisement

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना भएको छ। ‘एक महिनापहिले गरिनुपर्ने अनुसन्धान हामीले फेरि शून्यबाटै सुरु गरेका छौं’, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘घटनामा संलग्न सानोदेखि ठूलासम्म सबैलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौं ।’ अनुसन्धानका क्रममा दोषी देखिएमा यसअघिका प्रहरी अधिकारीलाई पनि निलम्बनसहित कारबाही गरिने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top