राजीव गान्धी हत्याकाण्डका सबै दोषी रिहा

२६ कात्तिक, एजेन्सी ।
भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल परेका छ जनालाई भारतको सर्वोच्च अदालतले रिहा गरेको छ । आजीवन कारावासको सजाय भोगिरहेका उनीहरु जेल परेको ३१ वर्षपछि शुक्रबार रिहा भएका हुन् । रिहा हुनेमा नलिनी श्रीहरण, आरपी रविचन्द्रन सहित अन्य पाँच जना पुरुष छन् ।

सन् १९९१ मे २१ मा दक्षिणी सहर तमिलनाडुमा उनको आत्मघाती बम आक्रमणमा हत्या भएको थियो । तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी ¥यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् । त्यसको केही हप्तामै उनीहरु पक्राउ परेका थिए ।

श्रीलंकामा तमिल राज्यको माग गर्दै सशस्त्र विद्रोह गरिरहेका पृथकतावादी समूहमाथि घटना घटाएको आरोप लगाइएको थियो । यसैको बदलास्वरुप भारतले सन् १९८७ मा श्रीलंकामा भारतीय सेना पठाउने निर्णय गरेको थियो ।

Advertisement

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन्, उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोस्ट ग्रेजुएट डिप्लोमा छ ।

रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोस्ट ग्रेजुएट गरेका छन्, सर्वोच्च अदालतले भनेको छ । तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो ।

Advertisement

संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो । गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top