Nepal Times
Nepal Times
3
Shares

राजीव गान्धी हत्याकाण्डका सबै दोषी रिहा

राजीव गान्धी हत्याकाण्डका सबै दोषी रिहा

२६ कात्तिक, एजेन्सी ।
भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल परेका छ जनालाई भारतको सर्वोच्च अदालतले रिहा गरेको छ । आजीवन कारावासको सजाय भोगिरहेका उनीहरु जेल परेको ३१ वर्षपछि शुक्रबार रिहा भएका हुन् । रिहा हुनेमा नलिनी श्रीहरण, आरपी रविचन्द्रन सहित अन्य पाँच जना पुरुष छन् ।

सन् १९९१ मे २१ मा दक्षिणी सहर तमिलनाडुमा उनको आत्मघाती बम आक्रमणमा हत्या भएको थियो । तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी ¥यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् । त्यसको केही हप्तामै उनीहरु पक्राउ परेका थिए ।

श्रीलंकामा तमिल राज्यको माग गर्दै सशस्त्र विद्रोह गरिरहेका पृथकतावादी समूहमाथि घटना घटाएको आरोप लगाइएको थियो । यसैको बदलास्वरुप भारतले सन् १९८७ मा श्रीलंकामा भारतीय सेना पठाउने निर्णय गरेको थियो ।

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन्, उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोस्ट ग्रेजुएट डिप्लोमा छ ।

रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोस्ट ग्रेजुएट गरेका छन्, सर्वोच्च अदालतले भनेको छ । तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो ।

संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो । गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.