दाइजोका लागि डाक्टरले रातदिन पत्नी कुटे 

२६ कात्तिक ७९, आइतबार

२७ कात्तिक, काठमाण्डौ ।
केही दिनदेखि सामाजिक संजालमा नेहा चौधरीको यो पोष्ट भाइरल बनेको छ । नेहाले नै आफ्नो यो फेसबुक पोष्टलाई धेरैभन्दा धेरै शेयर गर्नका लागि अपिल गरेकी छिन् ।

यो पोष्ट भाइरल हुनका लागि, चर्चा कमाउनका लागि वा पैसा कमाउनका लागि नभई न्याय पाउँनका लागि नेहाले सामाजिक संजालको सहयोग लिएकी हुन् ।

जसमा उनले दाइजोकै कारण श्रीमान्ले र उनको परिवारका अन्य सदस्यले कसरी यातना दिए भन्ने खुलाएकी छिन् । पोष्टमा नेहाले लेखेकी छिन्, मेरो विहे भएको ८ महिना भयो, डा. पंकज चौधरीसंग । हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ।

Advertisement

मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो । विवाह भएको केही दिनमात्र वितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्न थाले ।

म दुःखसुख गरी बसिरहेको थिए । मेरो श्रीमान् काठमाडौं बस्नु हुन्छ । ग्रान्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसंग राख्नु भन्ने वितिकै मलाई कुटपिट गर्नु हुन्थ्यो पटक पटक त्यही गर्नु हुन्थ्यो ।

Advertisement

म सहन नसकेर महिला थानामा गए । मलाई गंभीर हुने गरि पिट्नु भएर मेरो आमालाई आफ्नो छोरी लैजाउ भनि खबर मेरो ससुराबाले गर्नुभयो । म ३ दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।

थानामा मेरो श्रीमान ४ दिनपछि उपस्थित हुनु भयो, उपस्थित हुनासाथ म राख्दिन घर छिर्न दिन्न भन्नु भयो । उनको जिदको कारण वहा थानामा नै २ दिन बस्नु भयो । त्यही राख्दिन भनेर निस्कनु भयो ।

मैले मेरो जाहेरी घरेलु हिंसाको मुद्या दर्ता गराए । त्यही दिन ४ गते उनले डिभोर्स मुद्या दिनु भयो । मलाई घर छिर्न दिनु भएन । मलाई अंश दिनुपर्छ विछोड हुँदा भनेर उहाले आफ्नो सम्पुर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो ।

मलाई उहाको सम्पत्ति वा अंश चाहिएको हैन । म विहे गरेको बस्नको लागि हो । उनीहरुले मलाई फेरि फेरि कुटपिट नगरोस भनेर म थानामा गए । अब मैले न्याय कसरी पाउँने । मलाई घरबाट निश्कन नि गारो भएको छ ।

तेरो अनुहार विगारीदिन्छु भनि धम्की दिनुभयो । उनले लेखेकी छन्, प्लिज हेल्प सकेसम्म सेयर गरिदिनु भनी अनुरोध गर्दछु । यससंगै उनले आफ्नो विवाहको फोटो र शरिरमा चोट लागेको फोटो राखेकी छिन् ।

नेहाको न्यायका लागि अहिले सामाजिक संजालमा अभियान नै चलेको छ । चिकित्सकजस्तो ब्यक्तिले दाइजोका लागि श्रीमतीलाई शारीरिक र मानसिक यातनासहित, अंश नदिने मनसायसाथ छोडपत्रको मुद्या हाल्नु लज्जाको विषय भएको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन् ।

यसैबीच मधेसी आयोगले यो घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । महोत्तरीको औरही निवासी पीडित नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top