‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड

२८ कात्तिक,एजेन्सी ।
नेपाली अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पाश्र्व गायक तरुण सागर सँगै देखिएका छन् । मुम्बईको एक फिल्म प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् ।

Advertisement

तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर ऐतिहासिक कमाइ गरेको थियो । नेपालमा प्रदर्शन हुनु अघि यसको सेन्सरलाई लिएर निकै विवाद भएको थियो ।

भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।

Advertisement

यो फिल्मको हिन्दी डबलाई विदेशी फिल्म सरह कर लगाउन पर्ने चलचित्र निर्माता संघको माग थियो भने हिन्दी डबलाई नेपाली फिल्म नै मानेर कर छुट पाउनु पर्ने निर्माण टिमको माग थियो ।

पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली फिल्मको मान्यता दिएपछि विवाद सुल्झिएको थियो । प्रेमगीत ३ हिन्दी फिचरमा विश्वभर प्रर्दशनमा आएको पहिलो नेपाली चलचित्र हो ।

प्रदीपले पाएको यो अवार्डले उनको बलिउडको ढोका खोल्न मद्धत गर्ने चलचित्र विश्लेषकहरुले अनुमान गरेका छन् । यसअघि चलचित्र प्रर्दशनकै क्रममा भारतीय चर्चित चलचित्र समीकक्षहरुले समेत उनको अभिनयको खुलेर प्रशंसा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top