×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

गगनलाई महतको जवाफः प्रधानमन्त्रीको बाजा नबजाउ

२९ कार्तिक २०७९

२९ कात्तिक, काठमाण्डौ ।
नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेजस्तै सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनाव जित्नु अघि नै प्रधानमन्त्री को बन्ने भन्ने कुरामा विवाद देखिएको छ ।

कांग्रेसमा हालका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला, शंशाक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतले आफूलाई भावी प्रधानमन्त्री दाबी गरिरहँदा चुनावको संघारमा यसैले कांग्रेसमा विवाद बढाएको छ ।

Advertisement
Advertisement

उनीहरु अहिले चुनावी घरदैलोमा जाँदा आफूलाई प्रधानमन्त्री बन्नका लागि भोट दिनु भनिरहेका छन् । यस्तै कांग्रेसका इतर पक्षका केही प्रभावशाली नेताहरु भावी प्रधानमन्त्री भन्दै गगन र शेखरलाई भोट मागिरहँदा उता प्रवत्ताले भने पटक पटक पत्रकार सम्मलेन नै गरेर देउवा नै भावी प्रधानमन्त्रीको एकमात्र दाबेदार रहेको बताइरहेका छन् ।

कांग्रेस प्रवत्ता प्रकाशशरण महतले गगन थापालाई कटाक्ष गर्दै निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नरहेको बताएका छन् ।

आज न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा डा. महतले प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताएका छन् ।

‘स्वयम् पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन’, ।

महतले मंसिर ४ पनि देउवा नै प्रधानमन्त्री हुने कुरामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत रहेको बताएका छन् । यता अर्का महामन्त्री विश्वप्रकास शर्माले पनि गगन थापा नै भावी प्रधानमन्त्रीको पहिलो दाबेदार रहेको बताइरहेका छन् ।

गगन नभए उनले आफैंलाई प्रधानमन्त्रीको लाइनमा राखेका छन् । यस्तै डा. शशांक कोइराला पनि दल र देशको नेतृत्व आफूले मात्रै लिन सक्ने भन्दै दाजु शेखरसहित अन्य प्रधानमन्त्रीका आकाक्षीहरुलाई चुनौती दिइरहेका छन् ।

अर्कातिर यी सबैलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सोमबार तनहुँमा पुगेर रामचन्द्र पौडेलको भावी प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहेको भन्दै भोट मागेका छन् ।

Advertisement

कांग्रेसमा दर्जनबढि प्रधानमन्त्रीको आकांक्षी देखिनुमात्रै होइन अहिले नै यसमा विवाद सुरु हुनुले चुनावी नतिजामै असर गर्न सक्ने देखिन्छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top