नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेदेखि

२ मंसिर ७९, शनिबार

३ मंसिर, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिगको खेल तालिकाका सार्वजनिक गरेको छ । क्यानले मंसिर २६ गतेदेखि प्रतियोगिता सुरु हुने बताएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेर्जसले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ । यसअघि कात्तिकमा हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण सारिएको थियो । प्रतियोगितामा ६ टोलीहरूको सहभागिता रहनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टिमको सहभागिता रहनेछ ।

यसैबीच नेपाल टि २० लिगका लागि लुम्बिनी अल स्टार्सले दक्षिण अफ्रिका अलराउन्डर बलर काल्भिन स्याभेजलाई अनुबन्धन गरेको छ । लुम्बिनी अल स्टार्सले अष्ट्रेलिया स्टार अलराउन्डर बेन कटिङको स्थानमा काल्भिनलाई टोलीमा अनुबन्ध गरेको हो । काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि२० क्रिकेट खेलेका छन् ।

Advertisement

दक्षिण अफ्रिका यू१९ टोलीबाट खेलि सकेका काल्भिन अलराउन्डर हुन् । २०१२ को यू१९ विश्वकपमा दक्षिण अफ्रिकाबाट खेलेका थिए । प्रथम श्रेणीमा १ सय ७९ विकेट लिनुको साथै २ हजार ३ सय ४३ रन बनाएका छन् । जसमा दुई शतक हानेका छन् । लिष्ट ए मा ६४ विकेट लिँदा १ हजार १ सय १४ रन बनाएका छन् ।

तीव्र गतिको बलिङसँगै उनी तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पार्टटाइम विकेटकिपर समेत हुन् । लुम्बिनीको टोलीमा अन्य विदेशी खेलाडीहरुमा लाहिरु मिलान्था, नुवान थुसरा, विपुल शर्मा, प्याट ब्राउन र रहकीम कर्नवाल छन् ।

यस्तै नेपाली नेपाली खेलाडीहरुमा दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे रहेका छन् । लुम्बिनीले डिसेम्बर १२ मा फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top