जारी चुनावमा ३५ राउण्ड हवाई फायर, ५ जिल्लामा गोली पड्कियो

४ मंसिर , काठमाण्डौ ।
जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन मयरहित र शान्तिपूर्ण बन्न सकेको छैन् । आज मध्यान्न सम्म देशभर ३५ राउन्ड हवाई फायर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ।

सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड र हुम्लामा १८ राउन्ड हवाई फायर भएको प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले बताएका छन् । हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा १ राउन्ड हवाई फायर भएको छ।

यस्तै बाजुरामा ५ राउन्ड र डोटीमा ४ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको हो ।

मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको डीआईजी राईले बताए । उनका अनुसार देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ । तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको पनि राईले बताएका छन् ।

मध्यान्न पौने एक बजे सम्म ३२ प्रतिशत मात्रै मतदान भएको छ । विहान सुनसान जस्तै देखिएका मतदानस्थलहरु दिउसो भने केही भरिएको देखिएको विभिन्न जिल्लाबाट आएका समाचारहरुले देखाएका छन् । यसपटकको निर्वाचनमा मतदाताको उत्साह कम देखिएको अर्थशास्त्री समेत रहेका नेपाली काग्रेसका नेता स्वर्णिम वाग्लेले बताएका छन् ।

आफ्नो मताधिकार प्रयोग गरेपछि वाग्लेले लेखेका छन्, विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएको छु। यसपटक जनतामा निकै कम उत्साह देखियो। वितृष्णा छ। सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन। राजनीति सुधार्न वाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि?

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top