गगन थापा अब प्रधानमन्त्रीको दौडमा

६ मंसिर,काठमाण्डौ ।
कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।

निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा पुगेका थिए । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।

गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । काठमाडौंको मैतिदेवीमा मतदानपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाँक्ने भन्ने निर्धारणसमेत गर्ने र त्यसको तयारी आफूले गर्ने बताएका थिए ।

Advertisement

‘संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मूलधारका राजनीतिक दलहरूलाई पनि परिवर्तन गर्नुपर्नेछ । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठ्यारो हुन्न । तर, विगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्छ’, थापाले बताएका थिए । जनताको परिवर्तनको आकांक्षालाई पूरा गर्नका लागि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उनको भनाइ छ । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top